भ्याली पब्लिक सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक भ्याली पब्लिक ‘ए’ भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ। भ्याली पब्लिक ‘ए’ ले एचएचसीएलाई ३८–१७ ले पराजित गर्यो। विजेताकी सोजु गुरुङले २० अंक जोडिन्।

ब्वाइजमा ग्रिनल्यान्डले बीएनएलाई ३४–२४, डाफोडिलले न्यु समिटलाई ३५–२० र गोल्डेनपिकले कन्स्टिलेसनलाई ४५–३० ले हराए। ग्रिनल्यान्डका राजीव आलेले १७, डाफोडिलका प्राइम रिको गुरुङले ९ र गोल्डेनपिकका मिङगुर शेर्पाले १२ स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्