पिरतीले गर्नु गर्यो



नेता मन्त्री हुनलाई तछाडमछाड गर्छन्। जुनसुकै त्याग र तपस्या गर्न तयार हुन्छन्, खर्चको त झन् कुरै नगरम्। तर अब मन्त्री बन्ने अफर आयो भने नेता झस्किने दिन आयो, परपर पन्छिने दिन आयो।

मन्त्री नबनम् भने इज्जत प्रतिष्ठाको कुरा बनौं भने कुन दिन ‘किक आउट’ हुने टुङ्गै हुन्न भन्या। नेता आफ्नै अनि सरकार दुई तिहाई भएर के गर्नु, पाँच वर्षमा आधा समय पनि मन्त्री बन्न नपाएसी।

विचरा शक्तिशाली सरकारका मन्त्रीलाई तनावै तनाव छ भन्या। क्याविनेट गोडमेल गर्ने हल्लाले न दशैं राम्रो भो न त अन्य चाडवाड नै।

फ्याट्ट गोडमेल गर्या भए ‘लेठै साफ भो’ भन्नु, त्यो पनि नहुने। कुरा काट्नेले काट्या काट्यै छन्। मन्त्री मण्डलका नयाँ अनुहार भनेर चर्चामा आएकालाई पनि उस्तै छ तनाव।

सपथका लागि शीतल निवास र बालुवाटारबाट अब त खबर आउला, अब चाहिँ पक्कै आउँछ भन्दै मोबाइल हेर्यो, अर्कैले फोन गरेर हैरान।

यसरी नमर्नु र नबाँच्नु बनाउनु त भएन नि ओलीज्यू। आज बिहीबार। साँच्चै, आज चाहिँ क्याबिनेट गोडमेल हुने कन्र्फम हो ?

प्रतिक्रिया दिनुहोस्