असान्जलाई उन्मुक्ति



स्टकहोम, (एजेन्सी)।

स्विडेनका अभियोजकहरूले विकिलिक्सका सह संस्थापक जुलियन असान्जमाथि सन् २०१० मा लगाउको बलात्कारको आरोपको जाँच बन्द गरेको छ। असान्जले यौन शोषण र बलात्कारको आरोपलाई लगातार अस्विकार गर्दै आइरहेको छ।

स्विडेनमा बलात्कारको आरोप लागेका असान्जले गिरफ्तारीपछि अमेरिका हस्तान्तरण हुनबाट जोगिन सन् २०१२ मा इक्वेडरको दूतावासमा शरण लिएका थिए।

४८ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई गत अप्रिलमा दूताबासबाट निस्कासित गरेको थियो। त्यसको लगत्तै लन्डन प्रहरीले जमानतको सर्त उलंघन गरेको आरोपमा उनलाई ५० हप्ताको जेल सजायँ सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस्