भारतीय विदेशमन्त्री श्रीलंकामा गोटाबायाले भारतको भ्रमण गर्ने



कोलम्बो, (एजेन्सी)।

श्रीलंका नवनिर्वाचित राष्ट्रपति गोटाबाया राजपक्षेले नोभेम्बर २९ भारत भ्रमण गर्ने बताइएको छ। सोमबार देशको राष्ट्रपतिका रूपमा सपथ लिएका गोटाबायाको राष्ट्रपतिका रूपमा यो सम्भवत पहिलो विदेश यात्रा हुने अनुमान गरिएको छ।

भारतका विदेशमन्त्री एस जयशंकर अहिले कोलोम्बो भ्रमणमा रहेका छन्। जयशकरले कोलोम्बोमा राष्ट्रपति गोटाबायासँग भेटेर उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा दिएको हो। जसलाई उनले तत्काल स्वीकार गरेका थिए।

गोटाबाया राष्ट्रपति बनेको लगत्तै अर्को दिन भारतीय विदेशमन्त्रीको श्रीलंका यात्रालाई अर्थपूर्ण मानिएको छ। श्रीलंकाका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका दाजु गोटाबाया पनि चीनको नजिक मानिन्छ। श्रीलंकामाथि चीनको असर कम गर्ने उद्देश्यले भारतले यो पहल गरेको कूटनीतिक विश्लेषकहरूले बताएका छन्।

मंगलबार राजपाक्षेसँगको भेटवार्तापछि विदेश मन्त्री एस जयशंकरले ट्विट गरे– श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेसँग भेटवार्ता गरेँ र उनलाई प्रधानमन्त्री मोदीका तर्फबाट शान्ति प्रगति, सद्भाव र सुरक्षाका लागि साझेदारीको संदेश दिए।

उनको नेतृत्वमा श्रीलंका तथा भारतको सम्बन्ध नयँँ उचाइमा पुग्ने अपेक्षा गरेको छु।एस जयशंकर दुई दिनको अनौपचारिक भ्रमणमा श्रीलंका पुगेका हुन्। भारतका प्रधानमन्त्री मोदीले राजपक्षेलाई चुनाव जितेलगत्तै फोनमा बधाई दिदै भारत भ्रमणका लागि आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्