सिरियामा हमला



जेरुसेलम, (एजेन्सी)।

इजरायलले बुधबार सिरिया सरकार र इरानी गठबन्धन फौजसंग सम्बन्धित दर्जनौं लक्षमा आक्रमण गरेको दाबी गरेको छ। एउटा इरानी युनिटले इजरायलत र्फ गरिएका रकेट आक्रमणको प्रत्युत्तरमा यो हमला गरिएको बताइएको छ।

सिरियाले भने यस घटनामा आफ्ना दुईजना सर्वसाधारणको ज्यान गएको तथा सिरियाली वायु सैनिक फौजले थुपै्र क्षेप्यास्त्रलाई राजधानी दमास्कसमा खसालेको दावी पनि गरेको छ।

अन्य सञ्चार सुत्रले भने मर्नेको संख्या अझै बढिरहेको जनाएको छ। राजधानीमा पनि विस्फोटका ेआवाज सुनिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्