पत्रकार हत्याकाण्ड सिलसिलामा नामुद व्यापारी पक्राउ



भारत लेत्ता, (एजेन्सी)। 

दुईवर्षअगाडि भएको पत्रकार डाफ्ने क्यारुआना गालिजियाको हत्याको सिलसिलामा माल्टाका एकजना व्यापारीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। सशस्त्र अधिकारीहरूले योर्गेन फेनेक नामक व्यापारीलाई उनी चढेको साना ेसुविधा सम्पन्न जहाज रोकेर जलीय क्षेत्रमा गिरफ्तार गरिएको हो।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्काटले उक्त हत्याकाण्डमा मध्यस्थकर्ताको भूमिका निभाउने व्यक्तिलाई क्षमा दिने निर्णय गरेको भोलिपल्ट यिनी गिरफ्तारीमा परेका हुन्।

भ्रष्टाचार विरोधी अभियनता तथा ब्लगर क्यारुआना गालिजियाको सन् २०१७ को अक्टोबरमा आफ्नै निवासनजिक भएको कार बम विस्फोटनमा ज्यान गएको थियो।

माल्टाले गरिरहेको यस हत्याकाण्डको अनुसन्धानले अन्तर्राष्ट्रिय ध्यान आकर्षण गरेको थियो। स्थानीय सञ्चार माध्यमलाई सम्बोधन गर्ने क्रममा मस्काटले फेनेक यस काण्डमा मुछिएको मानिस हुन सक्ने बताएका थिए।

पछि सरकारी सुत्रले फेनेकलाई हत्या अनुसन्धानकै सिलसिलामा पक्राउ गरिएको बीबीसीलाई बताएको थियो।
प्रत्यक्षदर्शीका अनुसार बुधबार बिहान सबै राजधानी भ्यालेत्तादेखि उत्तरमा पर्ने पोर्टमासो बन्दरगाहमा गस्ती डुँगामा गएको शसस्त्र फौजले फेनकलाई पक्राउ गरेको थियो। मंगलबार प्रधानमन्त्री मस्काटले मध्यस्थकर्ताके भू
मिका निभाएका तथा मुद« अपचलनको अभियोग लागेका आशंकित व्यक्तिले क्षमादान पाउनुअघि अदालतमा उपस्थित हुनुपर्ने बताएका थिए।

साथै उनले महान्यायधिवक्तालाई यस अप्रत्यासित कदम चाल्नका लागि ती आशंकित व्यक्तिका वकिलहरूसंग वाता गर्न आफूले अनुमति दिइसकेको बताएका छन्।

प्रधानमन्त्रीले यदि ती आशंकित मध्यस्थताकर्ताले प्रमुख अपराधिसम्म पुग्न सक्ने गरी सरकारलाई सूचना तथा जानकारी दिइएको खण्डमा उनलाई राष्ट्रपतिय क्षमादान दिइने व्यवस्था गरिने बताएका थिए।

ट्मास ग्रुपका अध्यक्ष रहेका फेनेक उर्जा निर्माण कम्पनी इलेक्ट्रोग्यासका निर्देशक पनि हुन्। माल्टाको वित्तिय गुप्तचर विश्लेषण एकाई (एफआईए ) का अनुसार फेनेक दुबईमा दर्ता गरिएको १७ ब्ल्याक नामक कम्पनीका पनि मालिक हुन्।

प्रतिक्रिया दिनुहोस्