प्रमुख थाइ विपक्षी नेता कारबाहीमा



बैंकक, (एजेन्सी)। 

थाइल्यान्डको सैनिक अर्थात् जुनता सरकारको विरोधमा आकर्षक नारा दिएर लाखौं युवाको ध्यान आकर्षण गर्न तथा थाइ राजनीतिका उथलपुथल ल्याउन सफल एक अर्बपतिलाई चुनाव सम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा बुधबार दोषि ठहराइएको छ।

फ्युचर फरवार्ड पार्टीका विधायक थान्ग थोर्न जुआन्गु्रंगु्रुआन्गितलार्इ संचार माध्यममा सेयर राखेर चुनावी कानुन तोडेको अभियोग लगाइएको हो।

उनले आगामी मार्चमा हुन गइरहेको चुनावका लागि उम्मेदवारी दर्ता गर्न खोज्दा थाई संवैधानिक अदालतले रोकेको हो। उनको विधायकको भूमिका पनि खोसिएको छ।

तर थानाथोर्नले भने आफू विरुद्ध राजनीतिक पुर्वाग्रह राखेर अभियोग लगाइएको बताएका छन्। साथे उनले आफ्नो उम्मेदवारी दर्ता गर्नुअघि नै उनले भि–लक मिडिया कम्पनीमा रहेको आफ्नो सेयर आफ्नी आमालाई बिक्री गरेको अडान लिएका छन्।

तर अदालतले भने उनको यस भनाइलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको दाबी गरेको छ। तर उनका केही समर्थकले चिन्ता लिएअनुरूप उनलाई थानाथोर्नलाई कारावास सँजाय वा सरकारी कार्यालयमा दरख्वास्त दिनबाट भने वञ्चित गरिएको छेन।

यसअघिको चुनावमा फ्युचर फरवाड पार्टीले नतिजामा ६२ लाख मत हासिल गरी तेसै्रस्थान प्राप्त गरेको थियो। त्यहिबेलादेखि यो पार्टी सेनाको बाहुल्य रहेको सरकारको प्रमुख प्रतिपक्षीको रूपमा रहँदै आएको हो। सेना प्रमुख प्रायुथ चानोचाको नेतृत्वमा सन् २०१४ मा थाइल्यान्डमा सैनिक विद«ोह भएको थियो।

प्रतिक्रिया दिनुहोस्