यातना आरोप



लन्डन, (एजेन्सी)।

संयुक्त अधिराज्यको हङकङस्थित कन्सुलेटका एकजना पूर्वकर्मचारीले आफूलाई चीनमा यातना दिइएको तथा हङकङमा राजनीतिक अस्थिरता भड्काएको आरोप पनि लगाएको बीबीसीलाई बताएका छन्।

बेलायत सरकारका लागि झण्डै दुई वर्षसम्म काम गर्ने हङकङ नागरिक सिमोन चेङले गत अगस्टमा मुख्य भूमि चीनमा जाँदा आफूलाई १५ दिन हिरासतमा लिइएको बताएका छन्।

२९ वर्षीय चेङले भने मलाई आँखामा पट्टी राखेर र सिक्रीले बाँधेर राखिएको थियो। उनले आफूलाई कुटपिट गर्दै जवर्जस्ती अपराध कवुल गर्न लगाइएको पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्