मध्यपूर्वमा सर्वाधिक क्षेप्यास्त्र भएको देश इरान : प्रतिवेदन



वासिङ्टन, (एजेन्सी)। 

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जारी गरेको एक प्रतिवेदनमा मध्यपूर्वका देशमा इरानसँग सर्वाधिक क्षेप्यास्त्र रहेको उल्लेख गरको छ। सेनाका लागि गोप्य जानकारी उपलब्ध गराउने संगठन डिफेन्स इन्टेलिजेन्स एजेन्सीले मंगलबार ‘इरान मिल्ट्रि पावर’ शीर्षकको एक प्रतिवेदन जारी गरेको थियो।

प्रतिवेदनमा रणनीतिक रूपमा आफूलाई अमेरिका, इजरायल र साउदी अरेबियाभन्दा शक्तिशाली बन्न इरानले ब्यालेस्टिक क्षेप्यास्त्रलाई आफ्नो हतियार भन्डारमा समावेश गरेको छ।प्रतिवेदनअनुसार इरानमाथि प्रतिबन्ध लगाइएका कारण एक आधुनिक वायुसेना बनाउन सफल हुन सकेको छैन।

तर इरानले आफ्नो हतियार भन्डार बढाउनमा पर्याप्त लगानी गरेको छ।मध्यपूर्वका देशको तुलनामा इरानसँग अहिले सबैभन्दा धेरै क्षेप्यास्त्र रहेको प्रतिवेदनमा उल्लेख छ। इरानसँग क्लोज रेन्ज, कम दुरीमा प्रहार गर्ने, मध्यम दुरी र लामो दुरीसम्म प्रहार गर्न सक्ने ब्यालिस्टिक क्षेप्यास्त्र छन्।

यी क्षेप्यास्त्र इरानको सीमाबाट २ हजार किलोमिटर दुरीसम्म सटिक प्रहार गर्न सक्ने क्षमता राख्छ। इरानले स्थल आक्रमणका लािग क्रुज क्षेप्यास्त्र पनि उत्पादन गरिरहेको छ, जुन कम उचाइमा प्रहार गर्न सकिनेछ। यसले कयौं दिशामा एकै पटक खतरालाई निमिट्यान्न पार्न सक्छ।

इरानसँग जोडिएको दक्षिणी समुद्रमा इरानले कोस्टल डिफेन्स क्रुज क्षेप्यास्त्र तैनाथ गरेको छ। यसले ३ सय किलोमिटर दुरीबाट सैन्य बेडालगायत कुनै पनि जहाजलाई ध्वस्त पार्न सक्छ। इरानले समुद्रभित्रै पनि कम्तिमा ५ हजार बारुदी सुरुंग विछ्याएको छ।

जुन दबाब महशुस भएपछि सक्रिय हुनेछ। साना नौकाको प्रयोग गरी यी वारुदी सुरु· फारस खाडीको होर्मुज जल डमरुको मध्यमा लगाउन सकिनेछ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान अस्तित्वमा आएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

उक्त क्रान्तिपछि सर्वोच्च नेतालाई रक्षा, राजनीति तथा धार्मिक मामिलासँग सम्बन्धित सबै मामिलाका प्रमुख मानिएको छ।

यसअघि सन् १९५३ मा सत्ता अपदस्थपछि सत्तामा आएका मोहम्मद रेजा शाहले देशको सेना विकशित गर्ने काम थालेका थिए। सन् १९६० देखि १९७० को बीचमा इरानले अमेरिकाबाट कयौं हतियार किनेका थिए।

त्यसमा एफ–४, एफ–५, एफ–१४ विमान, एएच–१ कोबरा एटेक हेलिकप्टर, एम ६० ट्यांक र कयौं क्षेप्यास्त्र पर्छन्। इरानले बेलायत, फ्रान्स र सोभियत संघबाट पनि हतियार किनेका थिए।

इरानले उत्तर कोरिया र चीनबाट पनि हतियार किनेको प्रतिवेदनमा उल्लख गरिएको छ।डिफेनस इन्टेलिजेन्स एजेन्सीमा इरान मामिलाका विज्ञ क्रिश्चियन सेन्डर्सले हतियार सम्बन्धमा इरानमाथि लगाइएको प्रतिबन्ध हटाइएमा यसको ठुलो असर पर्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्