निर्वाचनका लागि दुई सय सुरक्षाकर्मी खटिए



डोटी, (नेस)।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–२ मा यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि २ सय सुरक्षाकर्मी खटिएका छन्।

उक्त वडाका तत्कालीन वडाध्यक्ष प्रेमबहादुर बोहराको गत वर्ष जिप दुर्घटनामा मृत्यु भएपछि वडाध्यक्ष पदका लागि अहिले उपनिर्वाचन हुन लागेको हो।

जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि निर्वाचन सुरक्षा व्यवस्थालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्लाका अन्य प्रहरी चौकी तथा सुदूरपश्चिम प्रदेश गुल्मबाट थप सुरक्षाकर्मी झिकाइ उक्त क्षेत्रमा खटाइएको सुरक्षा व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो।

त्यसैगरी निर्वाचनका लागि सशस्त्र प्रहरी बलको ३६ नम्बर गण दीपायलबाट समेत सशस्त्र प्रहरी टोली परिचालन भएको सो गणका गणपतिी तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्