प्रधानमन्त्री निवास साँझदेखि भत्काउन शुरु



काठमाडौँ ।
प्रधानमन्त्री निवासअन्तर्गत हाल प्रधानमन्त्री बस्दै आउनुभएको भवन नवनिर्माणका लागि आज साँझदेखि भत्काउन शुरु गरिएको छ ।

पञ्चायतकालमा निर्माण गरिएको सो भवन निकै पुरानो भएकाले नयाँ बनाउने क्रममा भत्काउन लागिएको हो ।

नयाँ घर नबनेसम्म प्रधानमन्त्री केपी शर्मा ओली प्रमनिवासभित्र दक्षिणतर्फ रहेको एक भवनमा अस्थायीरुपमा बस्नु हुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सो भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको छ । कन्टेक प्रालिले सो भवन निर्माणको ठेक्का पाएको छ ।

गत भदौ १५ गतेदेखि शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गते निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

सो भवनको लागत रु ३३ करोड ८० लाख रहेको छ । आयोजनाको नाम प्रधानमन्त्री आवास भवन निर्माण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्