मालपोत कार्यालय काभ्रेका नासु घुस लिँदालिँदै समातिए



न्युज अफ नेपाल, काभ्रे ।

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्