चेतना भया



पीएम ओली सरकारको गियर चेन्ज गर्दै तीब्र गतिमा क्याविनेटलाई हुँइक्याउने तयारीमा जुट्या छन्। हालै सचिवालय गोडमेल गरेका उनले छिटै क्याविनेट फिल्टर गर्ने कुरो छ।

क्याविनेटमा खुसुखुसु खिया लगाउने अनि मौका पाउँदा धमिरा समेत लगाउन पछि नपर्ने तत्व सल्बलाएसी ओली जुरमुराएका हुन्।

यही बेला पूर्व राजा ज्ञानेन्द्र पनि सल्बलाएका छन्। अल्लारे ठिटा ठिटीझैं लाउन्ज बार (एलओडी) पुगेर कम्मर मर्काउँदै उनी नाच्या फोटो/भिडियो अहिले भाइरल भा’छ।

आफू मात्रै होइन पूर्व राज परिवारका अधिकांश सदस्य बारमा नाच्या फोटो/भिडियो बबाल भा’छ। लाउन्जबारको अल्लारे शैली छोरा पारसको लय समात्ने चाल हो कि दुई तिहाईको सरकार गिराउने ताल, धरहराले बुझ्न सक्या छैन।

ओलीको र ज्ञानेन्द्रको सक्रियता संयोग मात्रै हो कि नियोजित, बुझ्न गाह्रो छ। सत्तारुढ कम्रेडहरू यसबारेमा मौन छन्।

तर केही दिनमा उनीहरूले भन्न बेर छैन–‘कोमा पुग्या राजतन्त्र ब्यूँत्याउने खेल भइरहेको छ, दुई तिहाईको सरकारलाई असफल पार्न देशी विदेशी तत्व सल्बलाई रहेका छन्।’

त्यस्तो सुनेसी पूर्व महाराजधिराजले अर्कै लाउन्जबार पुगेर मस्त कम्मर मर्काउन बेर छैन, सबैलाई चेतना भया।

प्रतिक्रिया दिनुहोस्