बन्धक मुक्त



काबुल, (एजेन्सी)।

अफगान तालिवानले कारगारमा थुनिएका आफ्ना तीनजना वरिष्ठ लडाकूको रिहाईसँगै दुईजना पश्चिमी बन्धकलाई मंगलबार मुक्त गरेको तालिवानी र सरकारी श्रोतले जनाएको छ।

राजधानी काबुलको अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानबाहिर तीन वर्षअघि बन्दुकधारी समूहबाट अपहरित भएयता अमेरिकी केभिन किङ र अस्ट्रेलियाली टिमोथी विक्स मुक्त भएका हुन्।

ती दुवै प्राध्यापक सो युनिभर्सिटीमा अध्यापनरत थिए। यस साटासाट सम्झौताअनुरुप तीनजना लडाकू अफगानिस्तानबाट कतार आइपुगेका छन्।

अफगान अधिकारीहरुले यस अभियानको उद्देश्य तालिवानसँग शान्तिवार्ता पुनः शुरू गर्नु रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्