मिलनको सांगीतिक सिन्दुर सार्वजनिक



गायिका मिलन नेवारको स्वरमा सिन्दुर बोलको गीत सार्वजनिक गरिएको छ। पत्रकार मधु शाहीको शब्द रहेको गीतमा चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाशले संगीत भरेका छन्।एरेन्ज विष्णु अधिकारीको रहेका छ।

गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। नवीनबाबु गुरुङको छायांकन रहेको गीतको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ।

भिडियो सञ्चारकर्मी सुमन पण्डितले निर्देशन गरेका हुन्। गीतको भिडियोमा मिलन स्वयं चित्रित छिन्।

पछिल्लो समय लाइभ ब्यान्डसहितको थिएटर भिडियो निर्माणको क्रम न्यून भए पनि यो गीतमा चित्रकलासँगै जोडेर थिएटरमा कलाकारको लाइभ वाद्ययवादनसहितको म्युजिक भिडियोको निर्माण गरिएको छ।

म्युजिक भिडियोमा मिलनसँगै वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तानलाई देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्