फेरि आयो इलामे शहर



गंगाराज मुकारुङद्वारा रचित लोकिप्रय गीत इलामे शहर चियाबारी राम्रो त्यहीं पर्यो घर हाम्रोको पुनः गायन गरी म्युजिक भिडियोमा सार्वजनिक गरिएको छ।

बुलु मुकारुङको संगीत तथा बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो।

नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दीप मुकारुङ र विमला राना मगरले अभिनय गरेका छन्।

भिडियोमा तेजु राना मगरको कोरियाग्राफी तथा मन्दीप मुकारुङका छायांकन रहेको छ भने भिडियो जीवन मुकारुङले निर्देशन र सम्पादन गरेका हुन्। भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत सार्वजानिक गरिएको हो

प्रतिक्रिया दिनुहोस्