२१ हजार घुस रकमसहित वडाध्यक्ष साह रंगेहात पक्राउ



न्युज अफ नेपाल, विराटनगर ।

मोरङको जहदा गाउँपालिका १ का कार्यबहाक वडाध्यक्ष उमेशकुमार साहलाई घुस रकमसहित मंगलबार दिउँसो अख्तियारले पक्राउ गरेको छ । २१ हजार घुस रकमसहित साहलाई वडा कार्यालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले रंगेहात पक्राउ गरेको हो ।

सडक स्तरोन्नतीको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आरोपमा पक्राउ परेको अख्तियाले जनाएको छ ।

सडक योजना सम्झौता गर्न आएको टोलीसँग साहले १० प्रतिशत घुस मागेका थिए । यसक साथै साहले सोमबार नै हुनुपर्ने सम्झौता एक दिनपछि मंगलबार भएका कारण थप एक हजार रुपैयाँ माग गरेको खुलेको अख्तियारले बताएको छ ।

साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्