आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा दाजु पक्राउ



ताप्लेजुङ । आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका(१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते सन्तोष थेबेलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि धरान धोपा अस्पताल रिफर गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्