चोरी गरिरहेको अवस्थामा एक पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका.१६ बालाजु बस्ने कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं बनस्थली बस्ने सिन्धुली घर भएका २३ वर्षीय कुमार भुजेल रहेको प्रहरीले जनाएको छ । भुजेललाई सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

भुजेलमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्