सिन्धुलीको दुधौली नगरपालिकाले गर्यो प्रज्ञा प्रतिष्ठान गठन



सिन्धुली,(नेस) ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा दुधौली प्रज्ञा प्रतिष्ठानको गठन गरिएको छ ।दुधौलीमा भएको राष्ट्रिय तथा स्थानीय साहित्यकार,स्थानीय बुद्धिजीवी,नेता,शिक्षक तथा अगुवाहरुको सर्वपक्षीय एक भेलाले सर्वसम्मतिमा साहित्यकार दिल पौडेलको संयोजकत्वमा २३ सदस्यीय समिति गठन गरेको हो ।

समितिले छिट्टै बिधान बनाउने,स्थानीय प्राज्ञिक ब्यक्तित्वको खोजी गर्ने र तत्काल प्रतिष्ठानको ब्यबस्थित कार्यालय संचालन गरी भवन निर्माणका लागि समेत पहल गर्ने संयोजक पौडेलले बताउनुभयो ।

दुधौली प्रज्ञा प्रतिष्ठानको उद्घाटन समारोहमा सिन्धुलीको हत्पतेमा जन्मिएका साहित्यकार प्रा.डा.कृष्णहरी बराल,महेश प्रसाईं,हरीप्रसाल सिलवाल,दुधौलीकै साहित्यकार दिल पौडेल,महाकवि चन्द्रपसाद न्यौपाने,प्रेस काउन्सिलका सदस्य चेतनाथ धमला र साहित्यकार समेत रहेका पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी साउँतेलीलाई दुधौली साहित्कि सम्मानले सम्मानित गरिएको थियो ।

सोही अवसरमा नगरपालिकाले पुस्तकालयको समेत सुरु गरेको छ ।
पुस्तकालय संचालनका लागि सम्मानित ब्यक्तिहरुले करिब २ सय ५० थान पुस्तक प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय कविहरुले समसामयिक बिषयमा कविता वाचन गरेको थिए ।कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले पुर्वाधार बिकासमा जोड दिंदै आए पनि पुर्वाधारको पनि पुर्वाधारको बिकासका लागि प्रज्ञा प्रतिष्ठानलाई रातो किताबमै उल्लेख गरी प्राथमिकताका साथ बजेट बिनीयोजन गरिने बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमसिंह बिष्टले स्थानीय सरकारले आफैं प्रज्ञा प्रतिष्ठान गर्नु नयाँ सुरुवात भएको बताउँदै यस अभियानलाई देशब्यापी रुपमा बिस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्