जाजरकोटमा फार्मेसी पढाई शुरु स्थानीय खुशी



बासुदेव शर्मा ,जाजरकोट। 

प्राविधिक शिक्षालय नभएको दुर्गम जिल्ला जाजरकोटमा स्वास्थ्य सम्वधि फार्मेसी तर्फको पठनपाठन शुरु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जिल्ला सदरमुकाम खलंगामा जाजरकोट स्कुल अफ हेल्थ साइन्स एण्ड एलाइड मार्फत फार्मेशीको पढाई शुरु गरेको हो ।

दुर्गममै डिप्लोमा सम्मको फार्मेसी पढाइै हुन लागेपछि पढ्नकै लागी लाखौ रकम खर्च गरेर पढने विद्यार्थीहरुका लागी जिल्लाा बाहिर जानु पर्ने अवस्था हट्ने भएको छ ।

कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका जिल्लाहरुलाई लक्षित गरि शुरु भएको पढाई जाजरकोट जिल्ला सदरमुकाम खलंगाको भेरी ज्ञानोदय क्याम्पसको भवनमा पढाई शुरु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले जाजरकोटमा शुरु भएको फार्मेसीको पढाईले कर्णाली प्रदेशकै स्वास्य क्षेत्रमा ठुलो सहयोव गर्ने वताउनु भयो।

कर्णाली र सुदुरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा पढाई नभएको फार्मेसीको पढाई शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राध्यापक डाक्टर रेशम बहादुर रानाले वताउनु भयो । तिन वर्षे अध्ययन अवधि रहेको फार्मेसी अन्तर्गत ९ वटा विषयहरुको पठनपाठन हुने प्राध्यापक डाक्टर रानाले वताउनु भयो ।

प्राध्यापक डाक्टर रानाले मुलुकमा निकै माग रहेको डि फार्मेसी विषयको कक्षा कर्णाली र सुदुरपश्चिम प्रदेशमा जाजरकोट बाहेक कुनै जिल्लामा संचालन नभएको वताउदै जाजरकोटमा शुरु गरेको कार्यक्रम अन्तर्गत पहिलो वर्ष ४० जना विद्यार्थीको कोटा निर्धारण गरेको बताउनु भयो ।

कर्णाली प्रदेशमा मात्र एक हजार नौ सय बयान्व्वे जना डि फार्मेसी जनशक्ति आवश्यक रहेको छ । त्रिभुवन माध्यामिक विद्यालय भेरी ज्ञानोदय क्याम्पस र जिल्ला अस्पतालको जनशक्ति प्रयोग गरेर कक्षा शुरु गरेको छ । डि फार्मेसी पढाउनको लागी सम्वन्धित विषमा स्नात्तकोतर हुनै पर्ने प्राध्यापक डाक्टर रानाले वताउनु भयो ।

कार्तिक महिना देखि शैक्षिक वर्ष सुरु गरेको कार्यक्रमले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लक्ष्य राखेको स्कुलका संयोजक प्राध्यापक डाक्टर विजय रिजालले वताउनु भयो ।

उहाँले नागरिकको माग, सरकारी आवश्यकता र वेरोजगारी समस्यालाई समाधान गर्नको लागी फार्मेसी कार्यक्रम जाजरकोट जिल्लामा लागु गरेको बताउनु भयो ।

कार्यक्रमको प्रभावकारीतालाई हेरेर स्वास्थ्य सम्वन्धि अन्य विषयको पढाई शुरु हुने सम्भावना रहेको उहाँको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्