वातावरणीय प्रभावका कारण आँखाको समस्या जटिल बन्दै



भगवती तिमल्सिना,काठमाडौ । 

तिलगंगा आँखा प्रतिष्ठानमा आयोजित एकदिने राष्ट्रिय कार्यशाला गोष्ठीमा वातावरण परिवर्तनले आँखामा पारेको नकारात्मक प्रभावका बारेमा बिज्ञहरुका बिच सोमबार आयोजित कार्यक्रममा गहन छलफल भयो ।

गोष्ठीको मुल उदेश्य आँखा सेवालाई कसरी वातावरण मैत्री बनाउने भन्ने बिषयमा केन्द्रीत रहेको थियो । गोष्ठीमा पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका १७ वटा अस्पतालका विज्ञहरुका साथ विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको समेत सहभागिता रहेको थियो ।

कार्यशालाले सर्वप्रथम आँखा उपचारका क्षेत्रमा खरिद हुने सामानको प्रयोग र व्यवस्थापनको क्षेत्र समेतको खाँका तय गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिएको थियो ।

एकपटक आउँदा हुने बिरामीलाई पटक पटक आउँनुपर्ने बाध्यतालाई कम गरि कसरी सहज बनाउने भन्ने बिषयमा जोड दिईएको थियो । यस बिषयमा नेपाल सरकार, नेपाल मेडिकल काउन्सिललाई घच्घच्याउनुका साथै बिद्यार्थीहरुले अध्ययन गर्ने पाठ्यक्रममा नै यस्ता बिषय समाबेश गर्नुपर्ने कुरामा जोड दिईएको थियो ।

आँखा उपचारका क्षेत्रमा वातावरण सम्बन्धी पैसाले मात्र काम नहुने रहेछ भन्ने कुरा प्रमाणित गरिसकेको छ । किन भने अहिले वातावरण सम्बन्धी काम गर्ने सबै निकायसँग पैसा छ काम मात्र नभएको हो ।

वातावरण मैत्री आँखा स्वास्थ्य सेवा कसरी बताउने भन्ने कार्यशालाले क्लिनिकल साईड, जनचेना र उपकरण खरिद गर्ने बिषयमा दीर्घकालीन योजनाको खाँचो रहेको कुरा औल्याईयो ।

हरेक क्षेत्रको योजना बनाउँदा नै स्पष्ट हुनुपर्छ भन्ने बिषयमा सहभागीहरुको जोड रहेको थियो । खरिद गरिएको सामानको सही सदुपयोग कसरी गर्ने भन्ने बिषयमा योजनाबद्ध कार्यसूचि तय गर्नुपर्छ ।

वातावरण प्रभावले गर्दा आँखा चिलाउने, बिझाउने, आँखा सुख्खा हुने समस्या बढेको छ । पछिल्लो समय आँखा बिगार्नेमा कम्प्युटर, ल्यापटप, टयाबलाइट, मोबाइलको अत्यधिक प्रयोगमा आएको बृद्धिले गर्दा आँखा सुख्खा हुने समस्या ह्वात्तै बढेको तिलगंगा आँखा प्रतिष्ठानका प्रशासन निर्देशक भागिरत बानिया बताउनुहुन्छ ।

उहाँ थप्नुहुन्छ, पछिल्लो ६ बर्षमा सुख्खा आँखाका बिषयमा अस्पतालमा आएका बिरामीमा गरिएको अनुसन्धानले निकै बढेको पाईयो । कार्यशालामा प्रतिष्ठानका संस्थापक कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइतले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नुभएको थियो ।

त्यसैगरि प्रतिष्ठानका सिइओ डा.रिता गुरुङले कार्यक्रमको महत्व र लक्ष्य के हो भन्ने जानकारी गराउनुभयो । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय वातावरणीय स्वास्थ्य बिज्ञ प्रो.डा.बन्दना प्रधानले बिश्व स्वास्थ्यमा वातावरणीय प्रभावले आँखा स्वास्थ्यमा पारेको प्रभाव, वातावरणीय प्रभाव केहो, यसको चुनौतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले वातावरणीय प्रभावका कारण स्वास्थ्य क्षेत्र अर्थात् आँखा स्वास्थ्यमा नराम्ररी प्रभाव परेको र यहि अवस्था रहि रहने हो भने १० बर्ष पछि ५० प्रतिशत जनसख्यामा आँखाको समस्या जटिल रुपमा देखा पर्ने बताउनुभयो ।

सोही अवसरमा द फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियाका मेडिकल डाईरेक्टर डा.एन्ड्रियोले वातावरणीय प्रदुषणले मानव स्वास्थ्यमा पार्ने समस्याका बिषयमा हरेक व्यक्ति सचेत नहुने हो भने विश्व व्यापी रुपमा यो भयानक समस्याका रुपमा देखा पर्छ भन्नुभयो ।

उहाँले यसका लागि आजै देखि आ आफ्नो क्षेत्रबाट जनचेतनामूलक कार्यक्रम विद्यालय स्तरबाट नै शुरु गर्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले स्वास्थ्य मन्त्रालयले वातावरणीय स्वास्थ्यका बिषयमा कार्यक्रम तय गरिएको भएता पनि बिज्ञको अभावमा कुनै काम नभै थन्किएर बसेको छ ।

अब तीलगंगा आँखा प्रतिष्ठानको यो गोष्ठीले सरकारलाई पनि झक्झक्याउन र नीति निमार्ण तथा कार्यक्रम संचालनमा समेत मदत पुग्नेछ भन्नुभयो ।
कार्यक्रममा सहभागी विज्ञहरुले सरकारले नीति तय गर्ने, कार्यान्वयन गर्ने र नीति कार्यान्वयन भए नभएको बिषयमा अनुगमन गरि आँखाका बिरामीले सहज उपचार पाउने वातावरणको सृजन ागर्नमा जोड दिनुपर्ने सुझाव दिएका थिए ।

तीलगंगा आँखा प्रतिष्ठानले हाल सम्म गरेको उपचार र समस्या यस प्रकार रहेको छ :

 

 

प्रतिक्रिया दिनुहोस्