बीडीसीए कप बिहीबारदेखि



बैतडी, (नेस)।

बैतडीमा यही मंसिर ५ गतेदेखि बीडीसीए कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उन्नाइसौं संस्करण शुरु हुने भएको छ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका २० टोलीको सहभागीता रहने भएको छ।

मंसिर १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार रहेको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले जानकारी दिनुभयो।

यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार पुरस्कार पाउनेछ भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई ट्रफी प्रदान गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्