महिला भलिबल टिमलाई वाणिज्य बंैकको सम्मान



????????????????????????????????????

नेपाल समाचारपत्र, काठमाडौं।

बंगलादेशमा भर्खरै सम्पन्न एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा पहिलो स्थान हात पार्न सफल महिला भलिबल टिमलाई राष्ट्रिय वाणिज्य बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बधाई ज्ञापन गरेको छ।

वाणिज्य बंैकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले खेलाडीहरूलाई माला तथा मायाको चिनोसहित टिमलाई कदरपत्रद्वारा सम्मान गरेका थिए।

भलिबललाई पहिलो ठूलो प्रायोजकका रुपमा रहेको वाणिज्य बैंकले नेपाल भलिबल संघलाई दुई वर्षका लागि २२ लाखको सहयोग गर्दै आएको छ।

महिला टिम तथा संघलाई बधाई दिँदै कार्यकारी अधिकृतले वाणिज्य बंैकले गरेको लगानीको प्रतिफल नेपाली टोलीले छिट्टै नै प्रदान गरेको भन्दै आगामी दिनमा पनि यस किसिमको सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरे।

उनले आगामी दिनमा अझ बढी भलिबललाई प्रायोजन गर्ने प्रेरणा मिलेको बताए। सोही अवसरमा नेपाली महिला भलिबल टिमलाई मलेसियाका खेल सामग्रीका व्यापारी स्टुवार्टले दुई सेट जर्सी प्रदान गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्