सागका स्वयंसेवकलाई प्रशिक्षण



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न खेलमा परिचालन हुने करिब ५ सय जना स्वयंसेवकलाई प्रशिक्षण दिइएको छ।

सागका लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रमसमेत आयोजना गर्यो। सागमा खटिने स्वयंसेवकको जिम्मेवारी बारे जानकारी गराउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको समितिका सचिव प्रेम मल्लले जानकारी गराए।

प्रशिक्षणमा उनीहरूलाई सुरक्षा, अतिथि सत्कार, सागमा सहभागी हुने विभिन्न महानुभावहरूले प्रयोग गर्ने एक्रिडेसन कार्ड, अनुशासन, नियम, कानुनलगायतका विषयमा जानकारी गराएको थियो।

रमेश खनाल, डा. प्रकाश प्रधान, रुकेश तण्डुकार, चतुरानन्द राजवैद्य, दीपक राई र अर्जुन विकले प्रशिक्षण दिएका थिए।तीन दिनसम्म चल्ने प्रशिक्षणको पहिलो दिन २ सय १५ जना सहभागी थिए।

बाँकीलाई मंगलबार र बुधबार प्रशिक्षण दिइने छ। त्यस्तै पोखरा र जनकपुरमा हुने खेलका लागि खटिने स्वयंसेवकलाई पनि यस्तै तालिम दिइने सचिव मल्लले जनाएका छन्।

पोखरामा मंसिर ५ र ६ तथा जनकपुरमा मंसिर ७ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। प्रशिक्षणको युवा तथा खेलकुद मन्त्री जगत्बहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्