जनता बैंकको लाभांश पारित



जनता बैंक नेपालको १०औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। साधारणसभाले आर्थिक वर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीलाई १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ हजार रुपियाँबराबरको लाभांश पारित गरेको छ।

पारित १२ प्रतिशतको लाभांशमध्ये ६ प्रतिशत बोनश शेयर तथा ६ प्रतिशत नगद लाभांश हुनेछ।

सभाले जनता बैक नेपालको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ८५ कित्ता (१ः०.८५) शेयर आदान प्रदान अनुपात कायम हुने गरी ग्लोबल आईएमइ बैक लिमिटेडसँगको मर्जर सम्बन्धि सम्पुर्ण एजेण्डाहरूको साथै सभासमक्ष प्रस्तावित सम्पूर्ण एजेन्डालाई पारित गरेको छ।

मर्जरपश्चात चुक्ता पुँजी करिब १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब, ९४ अर्ब हुनेछ।

प्रतिक्रिया दिनुहोस्