हामा आइरनद्वारा निर्मल पूर्जालाई सम्मान



हामा आइरन एन्ड स्टिल प्रालि तथा प्रिमियर इन्स्योरेन्स (नेपाल) ले निर्मल पूर्जा, ‘निम्सदाईलाई सम्मान गरेको छ।

विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू ७ वर्ष ११ महिना १४ दिनको विश्व रेकर्ड मात्र ६ महिना ६ दिनमा सम्पन्न गरी नयाँ विश्वकीर्तिमान कायम गरेको भन्दै उनलाई सम्मान गरिएको हो।

यी दुई कम्पनीले निम्स दाइको यात्रामा साथ दिएको जनाएका छन्। उनको भौतिक रुपमा स्टिल लिमिटेड र बीमामा प्रिमियर इन्स्योरेन्सले सहयोग गरेको कम्पनीले जनाकारी दिएको छ।

निम्सदाई’ को यस सफलयात्राले नेपाललाई पनिबिश्वमानचित्रमा सबैका अगाडी चिनाउने मद्दत पुगेको कम्पनीले विश्वास गरेको छ।

प्रतिक्रिया दिनुहोस्