ऊर्जा सम्मेलन हुने



नेपाल समाचारपत्र, काठमाडौं ।

आगामी बिहीबारदेखि राजधानीमा ऊर्जा सम्मेलन हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) द्वारा आयोजित सो सम्मेलनमा आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता हुनेछ।

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल, भारत, बंगालादेश, भुटानका मन्त्रीसहित करिब ७ सय ५० जनाको सहभागिता हुनेछ।

सम्मेलनमा भारतबाट १ सय, बंगलादेश ३५ र भुटानबाट १० भन्दा बढी उच्चअधिकारी आउने निश्चित भइसकेको छ।

इपानका अनुसार भारतबाट जलशक्ति मन्त्री गजेन्द्रसिंह शेखावत, भुटानका वित्तीय मामिला सम्बन्धी मन्त्री, बंगालादेशबाट शक्ति, ऊर्जा तथा खनिज संशाधन राज्यमन्त्री आउने भएका छन्।

सम्मेलनका क्रममा भारत र बंगलादेशसँग गरी करिब २५ हजार मेगावाट जलविद्युत उत्पादनमा लगानीका लागि सम्झौता हुने इपानको दाबी छ।

प्रतिक्रिया दिनुहोस्