रुग्ण त्रिशूली– थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन विकास आयोजनामा अनुचित मुआब्जा नमागौं : प्रम



hnljB”t pb3f6g ub}{} k|wfgdGqL cf]nL sf7df8f}F, @ d+l;/ -/f;;_ M k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ l;+xb/af/sf] PS;g ?daf6 ^) d]ufjf6 lqz”nL y|L P hnljB”t cfof]hgfsf] l8lh6n k|ljlwaf6 pb3f6g ub}{} . t:jL/ M rGb|snf If]qL

नेपाल समाचारपत्र, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको बताउनु भएको छ। सोमबार सिंहदरबारबाट माथिल्लो त्रिशूली– थ्री ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो।

त्यसक्रममा प्रधानमन्त्री ओलीले आयोजनाको सञ्चालनले विद्युत् आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मद्दत पुग्ने बताउनुभयो।

‘गरिबी निवारण गर्न आयात कटौती र निर्यात वृद्धि गर्नुपर्छ, यस आयोजना सञ्चालनले विद्युत् आयात कम गर्दै आफैंले उत्पादन गरेको विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मद्दत गर्नेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौं।’

‘सामाजिक न्याय, सुशासन र जनतामा सहज सेवा उपलब्ध गराउन हामी पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेका छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘ यसका माध्यमबाट हामी देशलाई मध्यम आय भएको देशका रुपमा पुर्याउने छौं र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने छौं।’

प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजना निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको बताउनुभयो। उहाँले छिट्टै र कम मूल्यमा पूर्वाधार विकासको नतिजा हासिल गर्न उचित मुआब्जामात्रै दावी गर्न आह्वान गर्नुभयो।

‘आफूले कर तिर्दा कमभन्दा कम मूल्य राख्ने र मुआब्जा लिनु पर्दा बढी रकम खोज्ने प्रवृत्ति बढेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो–‘यसबाट कम मूल्यमा धेरै विकास परिमाण हासिल गर्न र समयमै पूर्वाधार विकासको काम सक्न अवरोध पुग्ने गरेको छ। अब यस्तो प्रवृत्तिलाई त्याग्नुपर्छ।’

नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेबाट रसुवा र नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको यसअघि पहिलो र दोस्रो युनिट (३०/३० मेगावाट)बाट क्रमशः गत जेठ ३ गते र साउन १७ गते परीक्षण उत्पादन शुरु भएको थियो।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र चिनियाँ सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको अनुमानित अनुमानित लागत १४ अर्ब ४३ करोड रुपियाँ (निर्माण अवधिको ब्याजबाहेक) रहेको थियो। निर्माण अवधिको २ अर्ब ८९ करोड ब्याजसहित १७ अर्ब ३२ करोड रुपियाँमा आयोजना निर्माण सम्पन्न भएको छ।

चिनियाँ एक्जिम बैंकको १२ करोड ५८ लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी प्रवाह भएको यो आयोजना इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडलमा निर्माण भएको हो। आयोजनाको क्षमता वृद्धि गर्ने विवाद तथा भूकम्प र त्यसपछि आएको बाढीपहिरोले प्रभावित पारेको हो।

आयोजनाबाट उत्पादित विद्युत् किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डबाट ४८ किलोमिटर प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा ल्याई राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ।

आयोजनाले स्वियार्डबाट निर्माणाधीन त्रिशूली थ्र ‘बी’ हब सबस्टेसनसम्म १.३ किलोमिटर १३२ केभी डबल सर्किट, सबस्टेसनबाट काठमाडौंको बाडभञ्ज्याङसम्म ३८.६ किलोमिटर २२० केभी डबल सर्किट, बाडभञ्ज्याङबाट मातातीर्थसम्म ४.८ किलोमिटर फोर सर्किट प्रसारण लाइन निर्माण गरेको छ।

मातातीर्थमा १.३५ किलोमिटर २२० केभी फोर सर्किट प्रसारण लाइनलाई भूमिगत गरिएको छ। विद्युत् गृह भूमिगत बनाउने कि सतहमा बनाउने भन्ने विवाद, आयोजनाको क्षमता बढाएर ९० मेगावाट बनाउने निर्णय लगायतका कारणले निर्माण प्रभावित भएको थियो।

त्यसपछि आयोजनाको म्याद दुई वर्ष थपेर ३० जुन २०१६ भित्रमा सक्ने लक्ष्य राखिएको थियो। आयोजनाबाट वार्षिक रुपमा करिब ४९ करोड युनिट ऊर्जा उत्पादन हुनेछ। आयोजना वर्षको साढे आठ महिना पूर्ण क्षमता (६० मेगावाट)मा चल्नेछ।

प्रतिक्रिया दिनुहोस्