कर छलीको अभियोगमा उद्योगी जेल चलान



नेपाल समाचारपत्र, वीरगन्ज। 

१ करोड १५ लाखभन्दा बढी कर छली गरेको अभियोगमा वीरगन्जका एक जना व्यापारीलाई जेल चलान गरिएको छ। आन्तरिक राजस्व कार्यालय पर्सा, वीरगन्जले जानकी ट्रेडर्सका प्रोप्राईटर दीपेन्द्र पासवानलाई जेल चलान गरेको हो।

ट्रेडर्समार्फत उनले वीरगन्जको माईस्थानमा ग्यास सिलिण्डरको पार्टपूर्जासम्बन्धी कारोबार गर्दै आएका थिए। नक्कली भ्याट बिल प्रयोग गरी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको प्रमाणको आधारमा पासवानलाई जेल चलान गरिएको कार्यालयले जनाएको छ।

फर्मले आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ मा विभिन्न चार वटा फर्मको नक्कली भ्याट बिल प्रयोग गरेर भ्याट छली गरेको, २०७१/०७२ र २०७२/०७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर खरिद पुष्टि गर्ने बिजक प्रमाण पेस गर्न सकेका थिएनन्।

गलत विवरण पेस गरी कर छली गरेकाले २०७१÷७२ देखि २०७५÷७६ सम्मको कारोबारको कर ४४ लाख ३० हजार ५ सय २५ रुपियाँ, त्यति नै जरिवाना, १० लाख ७७ हजार ७ सय ९३ थप दस्तुर र ब्याज १६ लाख १२ हजार ७ सय ५८ रुपियाँ गरी कार्यालयले १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपियाँ कर निर्धारण गरिएको थियो।

कार्यालयले माग गरे बमोजिमको रकम तिर्न नसकेपछि उनी जेल गएका हुन्।कार्यालयका कर अधिकृत सुनिलराज देवकोटाले मागे बमोजिमको रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको जानकारी दिनुभयो।

वार्षिक रुपमा आय विवरण पेश गर्दा नक्कली बिल खर्च दाबी गरी आयकर समेत छलेकोले आयकर, शुल्क, ब्याज आयकर समेत गरी पासवानलाई २ करोड २० लाख आयकर समेत निर्धारण हुने कार्यालयले जनाएको छ।

उद्योगी व्यापारीले मालसमानरसेवा बिक्री गर्दा १३ प्रतिशत खरिदकर्ता वा उपभोक्ताबाट भ्याट उठाएका हुन्छन्। त्यो अवधिमा आफूले समान खरिद गरेको अवस्थामा सो समानको भ्याट घटाउन पाउने नियम छ। व्या

पारीले आफूले बिक्री गर्दा उठाएको कर छल्न विभिन्न तरिका अपनाउँछन्। कतिपयले वास्तविक भन्दा न्यून मुल्यको भ्याट बिल जारी गर्छन त कसैले नगद उधारो क्यास मेमो बिल, कुनै बिल बिजक नै जारी नगरेर बिक्रि कर छल्ने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्