नेप्सेमा गिरावट



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार पनि घटेको छ। नेप्से सोमबार ०.२४ अंकले घटेर परिसूचक ११३१.१२ बिन्दुमा झरेको छ।

कुल १६० वटा कम्पनीको ११ लाख ८८ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ६८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको यस दिन कारोबारमा आएका समूहमध्ये जलविद्युत्, उत्पादन, अन्य र सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूह बढेका छन्।

आज नेपाल बैंकको कारोबार सबैभन्दा धेरै अर्थात ८ करोड ३९ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। अघिल्ला दिनमा जस्तै सोमबार पनि साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ।

यस दिन युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्