शिवम् सिमेन्टको नाफा करिब २० करोड



शिवम् सिमेन्टले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ८६ लाख ७२ हजार खुद नाफा गरेको छ। यो नाफा गत वर्षको सोही अवधिमा ३७ करोड १४ लाख ५५ हजार थियो।

कम्पनीको नाफा गत वर्षभन्दा ४६ दशमलव ५१ प्रतिशतले कमि आएको हो। कम्पनीको जगेडा कोष रकम २४ दशमलव ६० प्रतिशत वृद्धि भई ३ अर्ब ४३ करोड ४९ लाख ६४ हजार कायम भएको छ।

शेयर प्रिमियमा ९४ करोड २ लाख २२ हजार रहेको छ। शेयर प्रिमियममा गत वर्ष पहिलो त्रैमासमा ४ करोड ४८ हजार मात्र थियो। गत वर्षभन्दा यस वर्ष शेयर प्रिमियम रकम २३ गुणा बढी हो।

यस कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव शून्य ६ र प्रतिशेयर नेटवर्थ १९९ दशमलव ४४ रुपियाँ रहेको छ।कम्पनीको चुक्तापुँजी हालर ४ अर्ब ४० करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्