टाटा नेक्सन कारलाई फाइभ स्टार



नेपाल समाचारपत्र, काठमाडौं ।

टाटा मोटर्सको एसयूभी टाटा नेक्सनले कार सुरक्षातर्फ नयाँ बेन्चमार्क कायम गर्दै अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको सुरक्षा सम्बन्धी परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ। भारतमा फाइभ स्टार प्राप्त गर्ने टाटा नेक्सन एकमात्र कार हो।

ग्लोबल एनक्यापले गरेको क्यास टेस्टमा नेक्सनको स्ट्रकचर इन्टिग्रिटी र ओभरअल सुरक्षाको आंकलन गरिएको थियो। कारको दुवै फ्रन्ट र साइड इम्प्याक्टको पनि परीक्षण गरिएको थियो।

ग्लोबल एनक्यापले गरेको दुवै परीक्षणबाट प्राप्त मूल्यांकन अंकमा भारतीय बजारका सबै गाडीका मोडलमध्ये टाटा नेक्सनले सबैभन्दा बढी एडल्ट अक्युपेन्ट सेफ्टी स्कोर (१६.०७ र १७.००) प्राप्त गर्दै पूरै फाइभ स्टार रेटिङ प्राप्त गर्यो।

यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्री राखिएको प्रविधिमा विशेष ध्यान पुर्याइएको छ। डुअल फ्रन्टल एअरब्याग र प्रिटेन्सरसहितको सिटबेल्ट तथा लोड लिमिटर जस्ता विशेषताले चालक तथा यात्रुलाई पूर्ण सुरक्षा प्रदान गर्छ।

टाटा नेक्सनले प्राप्त गरेको पछिल्लो उपलब्धिबारे बाल्दै टाटा मोटर्स प्यासेन्जर भेइकलका प्रमुख सुजन रोयले भन्नुभयो–‘आजको समयमा ग्राहकले सुरक्षाका लागि सबैभन्दा महत्वपूर्ण मापक मान्दछन्।

ग्लोबल एनक्यापबाट अहिलेसम्मकै सबैभन्दा ठूलो सुरक्षा रेटिङ टाटा नेक्सनले प्राप्त गर्दा हामी एकदमै खुसी छौं।’

प्रतिक्रिया दिनुहोस्