रेस्टुरेन्ट बुकिङ गर्न मोबाइल एप्लिकेसन



काठमाडौं, (नेस)।

लामो समय जापानमा काम गरेर फर्किएका युवाको समूहले घरमै बसि–बसि रेस्टुरेन्टमा खानासहित टेबुल बुकिङ गर्न सकिने प्रविधिसहितको मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएका छन्।

सोमबार एक कार्यक्रम गरी उद्घाटन गरिएको रेष्टोमेनु एप्लिकेसनमा कुन लोकेसनमा कति मूल्यमा कस्ता खाना पाइन्छ भन्ने सबै देख्न सकिन्छ।

स्मार्ट अनलाइन सोलुसनका अध्यक्ष ध्रुब शर्माले नेपालमा पहिलोपटक प्रयोग गरिएको यो एप्लिकेसनले नेपाल भिजिट २०२० लाई समेत सहयोग गर्ने बताउनुभयो।

कार्यक्रममा पर्यटन व्यवसायी कर्ण शाक्यले विदेशबाट फर्किदा सीप लिएर नेपाल आउनुपर्ने भन्दै अब देशमा युवाले नेतृत्व लिनुपर्ने बेला आएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्