युद्ध अपराध



लन्डन, (एजेन्सी)।

विविसिले युद्ध अपराधको आरोप सम्वन्धमा अन्तर्राष्ट्रिय आपराधिक अदालतले कार्यक्रम बनाएपछि अन्तर्राष्ट्रिय आपराधिक अदालत ( आइसिसि ) ले पहिलो अनुसन्धान शुरु गर्ने भएको छ ।

पानारोमा नामक कार्यक्रमले वेलायतका फौजले इराक र अफगानिस्तानमा सर्वसाधारण मारेको प्रमाण फेला पारेको थियो ।

नेडरल्यान्डको हेग स्थित आइसिसिले पहिलो पटक वेलायतका नागरिकहरुलाई युद्ध अपराधको अभियोगमा औपचारिक अनुसन्धान थाल्न लागेको हो ।

यसअघि नै अदालतले वेलायती फौजले इराकमा युद्ध अपराध गरेको विश्वसनिय प्रमाण फेला परेको बताएको थियो । अधिकांश घटना कैदीहरु माथिको दुव्र्यवहारसंग सम्बन्धित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्