गरीब प्रति पोपको मोह



भेटिकन सिटी, (एजेन्सी) ।

क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसले गरिबी प्रति उदासिनताको निन्दा गर्दै भेटिकनमा आइतबार करिब १ हजार ५ सय गरीब तथा घरबार बिहिनहरुलाई भोजनका लागि निमन्त्रण दिए ।

पोप फ्रान्सिसले सेन्ट पिटर्स स्क्वायरमा आफना प्रार्थना उनीहरुको साथमा रहेको बताए । पोपले विश्वभरीका देशहरुसँग गरीबलाई मद्दत गर्न आह्वान पनि गरे ।

भेटिकनमा गरीबका लागि निशुल्क स्वास्थ्य सुविधा उपलब्ध गराइरहेको छ । दिवा भोजन अगाडी पोपले गरीबीका सम्बन्धमा विश्व आंकडाको उल्खे गर्दै बर्तमान आंकडा अत्यन्त निरासाजनक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्