शक्ति प्रदर्शन नगर्न अपिल



बैंकक, (एजेन्सी)।

चीनले अमेरिकाको सेनालाई विवादित दक्षिण चीन सागरमा शक्ति प्रदर्शन बन्द गर्न अपिल गरेको छ । अमेरिकाले दक्षिण चीन सागरमा उक्साउने खालका कार्य बन्द गरोस भन्ने बेइजिङले चाहेको चीनको रक्षा मन्त्रालयका प्रवक्ताले बंैककमा आयोजित एक पत्रकार सम्मेलनमा बताए ।

एसियाली देशका रक्षा अधिकाीहरुको बैठकका क्रममा चीनका रक्षा मन्त्री जनरल वी फेंगले अमेरिकी रक्षा मन्त्री मार्क एस्परसँग भेटवार्ता गरे । बैठकपछि एस्परले वार्तामा प्रगती भएको बताए ।

दुबै पक्ष यस विषयमा लगातार वार्ता जारी राख्न सहमत भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्