आइतबारदेखि अवरुद्ध बिद्युत सेवा सुचारु



डोटी, (नेस)। 

आइतबार विहानदेखी अबरुद्ध भएको विद्युत सेवा सुचारु भएको छ। दार्चुलामा रहेको चमेलिया जलविद्युतले डोटीको बुडरमा तीन ओटा विद्युत टावर मर्मत गर्न थालेकोेले यहाँका सात वटा पहाडी जिल्ला डडेल्धुरा, अछाम, बैतडी, दार्चुला, बझाङ, बाजुरा र डोटीमा विद्युत सेवा अवरुद्ध भएको थियो।

आईतवारदेखी अवरुद्ध भएको विद्युत सेवा आज सोमबारबाट सुचारु भएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमका सात पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरू बन्द भएका थिए।

विद्युत सेवा सुचारु भएसँगै सम्पूर्ण सञ्चार माध्यम सुचारु भएको त्रिबेणी एफएम डोटीका स्टेसन म्यानेजर कर्ण चन्दले बताउनुभयो।

उहाँले भन्नुभयो, “विद्युत नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द थिए, अहिले विद्युत सुचारु भएपछि सबै सञ्चानलमा आएका छन्।”

प्रतिक्रिया दिनुहोस्