वनारसी धाममा ज्योतिर्लि· स्थापनाको काम अघि बढ्यो



विनोद सिंह विष्ट, बैतडी।

बैतडीको पाटन नगरपालिका–३ स्थित वनारसी धाममा विश्वनाथ ज्योतिर्लि· स्थापनाका लागि काम अघि बढाइएको छ।

ज्योतिर्लि· स्थापनाका लागि बनाइने मन्दिरको प्रारम्भिक नक्सा तयार पारिएको वनारसी विश्वनाथ धाम मूल समितिका सल्लाहकार सदस्य मानबहादुर चन्दले जानकारी दिनुभयो।

सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरिङ संकायका डीन डा. किसनदत्त भट्टले निःशुल्करूपमा मन्दिरको प्रारम्भिक नक्सा तयार पार्नुभएको हो।

यस्तै मन्दिर निर्माणका लागि आवश्यक मैदान निर्माणको काम सम्पन्न गरिएको छ भने विद्युत् पुर्याउनका लागि पहल भइरहेको छ।

वनारसी धाममा पाटन नगरपालिकाको सहयोगमा सोलारसमेत जडान गरिएको छ। विश्वनाथ धामको बारेमा पुराणमा उल्लेख भएअनुसार वनारसी धाम नै विश्वनाथ धाम भएकाले जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले केही महिनाअघि सो ठाउँमा ज्योर्तिलि· स्थापनाको शिलान्याससमेत गर्नुभएको थियो।

वनारसी विश्वनाथ धामलाई अघि बढाउनका लागि उत्तरबहादुर चन्दको अध्यक्षतामा मूल समिति र धनीदत्त भट्टको अध्यक्षतामा निर्माण समिति गठन गरिएको छ।

आगामी माघ महिनाभित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको सल्लाहकार समितिका सदस्य चन्दले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्