दुई आयोगका लागि ६१ को नाम



नेपाल समाचारपत्र, काठमाडौं।

द्वन्द्वकालीन घटनालाई टुंगोमा पुर्याउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य पदका लागि ६१ जनाको नाम सार्वजनिक गरिएको छ।

आइतबार बसेको सिफारिस समितिको बैठकको निर्णयानुसार ती नामहरू सार्वजनिक गरिएको हो। अध्यक्षका लागि १६ जनाले इच्छा देखाएको सिफारिस समितिको सचिवालयले जनाएको छ।

यसमा १३ जनाले व्यक्तिगत र एकजनाले संस्थागत तर्पmबाट नाम पठाएका छन् भने दुई जना समितिका तर्फबाट परेका छन्।

समितिको तर्फबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा प्राध्यापक गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा लोकेन्द्र मल्लिकलाई अगाडि सारिएको छ।

मल्लिक आयोगका पूर्वपदाधिकारी हुनुहुन्छ। समितिले सार्वजनिक गरेको नाम सबै पुरानै छ।

यसमा सदस्यका लागि समितिबाट श्रीकृष्ण सुवेदी, मञ्चला झा, आइबहादुर गुरुङ, नरकुमारी गुरुङ र डा. गंगाधर अधिकारीको नाम पारिएको छ।

संघसंस्थाको तर्फबाट दुवै आयोगका लागि नेपाल मानवअधिकार संगठनले अध्यक्ष र सदस्यका लागि विजुलकुमार विश्वकर्मालाई प्रस्ताव गरेको छ।

सचिवालयले सार्वजनिक भएका नामहरूका विषयमा पाँच दिनभित्र प्रतिक्रिया दिन सूचना गरेको छ।

२०७१ सालमा गठित दुवै आयोगका पदाधिकारीको म्याद गत माघ २६ गतेदेखि नै सकिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्