‘समानता नै देशको शक्ति हो’



सुभेन्द्र दास, लहान ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिँह कुशवाहाले पहिलो चोटी जनताबाट संविधान बनेको भएता पनि ९० प्रतिशत जनता अधिकारबाट बंचित रहेकाे बताउनु भएकाे छ । त्यसैले संविधान संशोधन आवश्यक रहेको कुशवाहाले बताउँनुभयो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघको आयोजनामा नागरिक समाजकोतर्फबाट विश्वव्यापी आवधिक समिक्षा प्रतिवेदन तयारीका लागि प्रादेशिक ९ प्रदेश १ र २ ० कार्याशाला गोष्ठीमा राज्यमन्त्री कुशवाहाले संविधानमा समानता नदिएकोले विकास कमजोर र विभेद रहेको बताउँनुभयो ।

कानुनमा लेखिएको कुरा व्यवहारमा उतार्न किन कठिनाई छ रु भन्दै कुशवाहाले दलितलाई शिक्षा नभएर उनीहरु अधिकार लिन नसकेको अवस्था छ । त्यसैले शिक्षामा जोड दिनुपर्ने उहाँले बताउँनुभयो । कुशवाहाले मानव मानवबीच जातपात छुवाछुत कहाँबाट आयो रु यहाँको कथित सँरचनाले बनाएको हो प्राकृतिकले चाही होइन् बताउँनुभयो ।

एक भेष, एक सोच राख्नेपक्षले सँघीयता चाहेको छैन । सँघीयतालाई टिकाउँन सक्रिय हुनुपर्छ । सँघीयता नै सँसारको समानता र विकासको सर्वोच्च रुप रहेको राज्यमन्त्री कुशवाहाले बताउँनुभयो । केन्द्रीय सरकार कुशल अभिभावकत्व निर्वाह गर्न नसकेको भन्दै पर्यटकको रुपमा कर्मचारी पठाउँने गरेको छ । प्रदेशको काम गर्न केन्द्रीय सरकारले कठिनाई गरिरहेको बताउँनुभयो ।

प्रदेश २ का साँसद तिलिमा सदायले दलितले धेरै कुरा पाएको तर , मुसहरहरुले भने आजसम्म पनि नागरिकता, लालपूर्जा, शिक्षा स्वास्थ्यको अभावमा समस्या भोग्दै आएको बताउँनुभयो । कार्यक्रममा प्रदेश १ का साँसद उमिता बराईलीलगायत आधा दर्जन प्रदेश साँसदले मन्तव्य राख्नुभएका थिए । कार्यक्रम मंसिर १ र २ गतेको लागि लहानमा सँचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्