पोर्नतिप र फामलाई उपाधी



नेपाल समाचारपत्र, काठमाडौं।

थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र भियतनामका काव सुओङ फामले योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को उपाधी जितेका छन्।
आईतबार सम्पन्न महिला फाईनल खेलमा पोर्नतिपले कोरियाकी गा युन पार्कलाई २१–१६, २१–१४ को जित निकाल्दै उपाधी जितेकी हुन्।

यस्तै पुरुष तर्फ प्रतियोगितामा छैटौं बरियता प्राप्त भियतनामका फामले आठौं स्थान प्राप्त थाइल्याण्डका अदुलराच नामकुललाई २४–२२, ९–२१, २१–१९ ले पन्छाउँदै उपाधी उचालेका हुन्।बिजयी पुरुष तथा महिला एकल तर्फ विजेताले नगद १८७५ युएस डलर र उपविजेताले ९५० डलर तथा तेश्रोले ३६२.५० डलर प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्