सिद्धार्थ राज कहिलेसम्म ?



हिजोबाट मंसिर शुरु भएको छ। विहे नगरेका जोडीलाई दवाव दिने महिना। अविवाहितलाई मात्रै होइन, उद्योगी, व्यवसायी र करदाताका लागि मंसिर विशेष हुने गर्छ। कसले कति कमायो र राज्यलाई कति राजश्व बुझायो भन्ने खवर यो महिनाको पहिलो दिन अर्थात् मंसिर १ मा छताछुल्ल हुन्छ।

विगतका वर्ष जस्तै यसपटक पनि उद्योगी सिद्धार्थ राणा सबैभन्दा बढी कर तिर्नेको तक्मा पाउन सफल भएका छन्। एक, दुई पटक होइन उनी विगत ६ वर्षदेखि यस्तो तक्माका हकदार भइरहेका छन्।

राज्यलाई तिर्ने ट्याक्स छक्कापञ्जा नगर्ने अनि आम्दानीको निश्चित हिस्सा खुशी साथ राज्यलाई तिर्ने भएसी करमा किर्ते फर्मुला घुस्ने कुरै भएन।
करको दायरामा आएका करदाताको सूची देशको सीमा भन्दा लामो छ।

तर कर तिर्ने भन्दा छल्ने दुई तिहाई हुने अनि छलेर फूर्ति लगाउने करदाता भएको देशमा कसरी होला ‘समृद्ध नेपाल, शुखी नेपाली’को नारा साकार। देश गरिब, धनाढ्य अनगिन्ती भइरहने तर कर तिर्न अनेकौ पटक करकर गरिरहनुपर्ने भएसी करको मैदानमा सिद्धार्थको एकछत्र राज नचल्ने कुरै भएन।
सिद्धार्थ राज तोड्दै उनको तक्मा खोस्ने हिम्मत भएका व्यवसायी पो असली व्यवसायी।

प्रतिक्रिया दिनुहोस्