क्रुस चम्किँदा जर्मनी विजयी



लन्डन, (एजेन्सी) । 

एट्याकिङ मिडफिल्डर टोनी क्रुस चम्कँदा जर्मनीले युरोकप छनोटमा जित निकालेको छ। शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बेलारुसमाथि ४–० को प्रभावशाली जित हात पारेको हो। खेलको ४१औं मिनेटमा डिफेन्डर म्याथियस जिन्टरले सर्जी जिनाब्रीको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफसम्म १–० को अग्रतामा राखे।

त्यस्तै ४९औं मिनेटमा लियोन गोरेट्जकाले क्रुसको पासमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछिको दुवै गोल टोनी क्रुसको नाममा रह्यो। ५५औं मिनेटमा क्रुसले व्यक्तिगत पहिलो गोल गर्दा जर्मनीले खेलमा ३–० को अग्रता बनायो। ८३औं मिनेटमा क्रुसले गोल गर्दै जर्मनीलाई ४–० को प्रभावशाली जित दिलाए।

जितसँगै जर्मनीले समूह ‘सी’ मा ७ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ। नेदरल्यान्ड्स १६ अंकसहित दोस्रो स्थानमा छ। बेलारुस ४ अंकसहित चौथो स्थानमा छ। यही समूहको अर्काे खेलमा उत्तरी आयरल्यान्ड र नेदरल्यान्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

शनिवारै भएको अर्को खेलमा वेल्सले पनि महत्वपुर्ण जित हात पार्दै युरोकप २०२० मा छनोट हुने सम्भावनालाई जीवितै राखेको छ। वेल्सले अजरवैजानमाथि २–० को महत्वपुर्ण जित हात पारेको हो। वेल्सको जितमा किफर मोरी र ह्यारी विल्सनले गोल गरे।

जितसँगै वेल्सले समूह ‘ई’ मा ७ खेलबाट ११ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। समूहको अन्तिम खेलमा हंगेरीलाई पराजित गर्न सके वेल्सले युरोकपमा स्थान बनाउनेछ। बराबरी वा हारले वेल्सको सम्भावना सकिनेछ। हंगेरीलाई पनि युरोकपमा स्थान बनाउन जित आवश्यक छ।

हारसँगै अजरवैजान १ अंकसहित पुछारमा छ। स्लोभाकिया १० अंकसहित चौथो स्थानमा छ। स्लोभाकिया क्रोएसियासँग ३–१ ले हारेको थियो। क्रोएसियाको भने ८ खेलबाट १७ अंक छ।

बेल्जियमको अपराजित यात्रा

बेल्जियमले युरोकप आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। शनिबार राति भएको खेलमा बेल्जियमले रसियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो।

सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १९औं मिनेटमा थोगर्न हजार्डको गोलबाट बेल्जियमले खेलमा अग्रता लिएको थियो। उनले इडेन हजार्डको पासमा गोल गरेका थिए।

३३औं मिनेटमा हजार्डले गोल गर्दै अग्रता दोब्बर पारे। ४०औं मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि बेल्जिय पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्