नेप्से घट्यो



काठमाडौं, (नेस)। 

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पुनः घटेको छ। यस दिन नेप्से ४ दशमलव ५९ अंकले घटेर ११३१ दशमलव ३६ बिन्दुमा झरेको छ। आइतबार कुल १६३ वटा कम्पनीको ११ लाख ६७ हजारभन्दा बढी कित्ता शेयर ३५ करोड ५१ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ।

कारोबारमा आएका समूहमध्ये अन्य र व्यापार समूहबाहेक बाँकी सबै समूह घटेका छन्। व्यापार समूह २७ दशमलव शून्य ९ अंक र अन्य समूह २ दशमलव ५१ अंकले बढेको छ।

यस्तै बैंकिङ समूह शून्य दशमलव ४७, होटल समूह ५१ दशमलव ६९, विकास बैंक समूह १ दशमलव २१, जलविद्युत् समूह १७ दशमलव ३६, वित्त समूह ५ दशमलव ७८, निर्जीवन बीमा समूह २६ दशमलव ६४, उत्पादन समूह १०३ दशमलव ५३, लघुवित्त समूह ३ दशमलव ७५, जीवन बीमा समूह १३ दशमलव १५ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ६ अंकले घटेको छ।

त्यस्तै आइतबार शिवम् सिमेन्टको कारोबार सबैभन्दा धेरै अर्थात ४ करोड ४३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। यस दिन साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्।

यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। पछिल्ला केही दिनयता यस कम्पनीको शेयर मूल्यमा व्यापक वृद्धि हुँदै आएको छ। कारोबार रकम उच्च भए पनि शिवम् सिमेन्टका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्