सिम्रौनगढबाट चोरिएको मूर्ति सर्लाहीमा फेला



बारा, (नेस)।

बाराको ऐतिहासिक स्थल सिम्रौनगढ नगरपालिका क्षेत्रबाट चोरी भएका प्राचीन मूर्तीहरू प्रहरीले शुक्रबार बरामद गरेको छ। प्रहरीले सर्लाही बरहथवा नगरपालिका–१२ स्थित २५ वर्षीय नवीनराम चमारको घरबाट उक्त मूर्ति फेला पारेको हो।

पोखरी खन्ने क्रममा बरामद भएलगत्तै चोरी भएका प्राचीन मूर्तिहरू पोखरी खन्ने कामदार चमारको घरबाट बरामद गरेको हो। इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगानाका अनुसार सिम्रौनगढ–३ स्थित पोखरी खन्ने क्रममा गत कात्तिक ९ गते केही प्राचीनकालका मूर्तिहरू फेला परेका थिए।

फेला परेका मूर्तिहरू तत्कालका लागि पोखरी छेउ कै एउटा घरमा राखिएको बेला चोरी भएका थिए। पोखरी खन्ने कामदारहरूले नै मूर्ति चोरेको हुनसक्ने आशंकामा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटेको टोलीले ना१ब ५२०२ नम्बरको जेसीभीका चालक सर्लाही बरहथवा नगरपालिका–१२ का २५ वर्षीय नवीनराम चमारलाई नियन्त्रणमा लिएर सोधबुझ गर्दा चमारको घरमा लुकाइराखेको अवस्थामा मूर्तिहरू फेला परेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिनुभयो। प्रहरीले मूर्तिसहित चमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस्