ट्रम्प स्वस्थ



वासिङटन, (एजेन्सी)।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० राष्ट्रपति चुनावका लागि व्यस्त प्रचारप्रसार अभियानमा लाग्नुपूर्व एक सैन्य अस्पतालमा आफ्नो चिकित्सकीय जाँच गराएका छन्। ह्वाइट हाउसले ट्रम्प स्वस्थ्य र उर्जावान भएको र उनको स्वास्थ्यमा कुनै खराबी नभएको जनाएको छ।

वासिङटन डीसीमा मेरिल्यान्डको बेथस्बडा उपनगरस्थित वाल्टर रिड नेसनल मिल्ट्री मेडिकल सेन्टरमा ७३ वर्षीय ट्रम्पले करिब २ घण्टाको समय बिताएका थिए। अस्पताल जानु अगाडि राष्ट्रपतिले अफगानिस्तान युद्धमा घाइते भएका विशेष बलका एक सैनिकका परिवारसँग भेटेका थिए।

प्रतिक्रिया दिनुहोस्