यमनले देखाए देखेँ देखेँ



गायक तथा कलाकार यमन श्रेष्ठको लेखन र निर्देशनमा बनेको सन्देशमूलक शर्ट फिल्म देखें देखेंको शनिबार प्रिमियर सो गरिएको छ। राजधानीको सुन्धारास्थित सीटीसी मलमा आयोजित एक समारोहबीच सर्ट फिल्म को प्रिमिएर सो गरिएको हो।

यो सर्ट फिल्म महसञ्चारको युट्युब च्यानलमा राखिएको छ। नेपाल तिलगंगा आँखा अस्पतालसँग मिलेर एभरेस्ट बैक, जेसीआईलगायत संघसस्थाको सहयोगमा निर्माण गरिएको सर्ट फिल्ममा हास्यव्यंग्य शैलीमार्फत आँखा दानको महत्व दर्शाइएको छ।

मानिसको निधन पछि मात्र आँखा दान गरिन्छ भन्ने विषय बारे चेतना फैलाउनका लागि आफूले देखेँ देखेँ निर्माण गरेको यमनले बताए। उनको यो सर्ट फिल्म हेरेपछि दर्जनौं व्यक्तिले आँखादानको घोषणासमेत गरेका छन्।

आधा घण्टाको सर्ट फिल्म देखें देखेंमा यमनका साथमा सुनीता गौतम, श्रीहरि श्रेष्ठ, कोपिला थापा, राधिका कँडेल, गौरीशंकर धुजु,
एन्जल राई, रिंकु  वज्राचार्यलगायतले अभिनय गरेका छन्। फिल्मको छायांकन गौरीशंकर धुँजुले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्