पूर्वाञ्चल म्युजिक फेस्टिबल हुँदै



पूर्वका पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ। हाम्रो कार्टले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको समेत प्रवद्र्धन गर्ने गरी कन्सर्टको आयोजना गर्न लागेको हो।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागेको जानकारी गराए। पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६ नाम दिइएको फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराई विशेष आकर्षण रहनेछन्।

कार्यक्रममा दुवै गायक आफ्नो ब्यान्डसहित प्रस्तुत हुनेछन्। कन्सर्टमा दुवै गायकका अलावा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त केसीको पनि प्रस्तुति रहनेछ।

सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी थिए। कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने श्रेष्ठले बताए। इटहरीस्थित रंगशालामा हुने कार्यक्रम आगामी ३० गते शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्