भुकम्पले क्षति भएका विद्यालयको भवन निर्माण तिब्र



मोतीराम तिमल्सिना, काभ्रे ।

चालु आर्थिक वर्षभित्र भुकम्पबाट क्षति भएका जिल्लाका सबै विद्यालयहरुमा पुनर्निर्माणको कार्य शुरु हुने भएको छ ।

भुकम्प गए लगत्तै भारतिय दुतावास मार्फत निर्माण गर्ने भनिएका दश वटा विद्यालयहरुको पुनर्निर्माण शुरु नहुँदा विद्यालयको अवस्था दयनिय भएको थियो । बिद्यार्थीहरुको भविश्यमाथी खेलवाड भएको भन्दै आलोचना हुँदै आएको थियो । जिल्लामा ६ सय ९० वटा विद्यालय छन् ।

जसमा सामुदायिक ५ सय ८७ वटा विद्यालय छन् । संथागत १ सय ३ वटा विद्यालय संचालनमा छन् । चालु शैक्षिक सत्रमा ७७ हजार ८ सय ५४ विद्यार्थी अध्ययनरत छन् । अधिकांश सामुदायीक विद्यालयका भवनहरु पूर्ण क्षति भएका छन् ।

जसमा विद्यालयका ५ हजार २ सय १० वटा कक्षा कोठा रहेका छन । पूर्णक्षति कक्षाकोठा ९ सय ५४ वटा रहेका छन् । अधिक क्षति कक्षाकोठा ९ सय १४ वटा रहेका छन् । सामान्य क्षति भएको कक्षाकोठाको संख्या १ हजार ४ सय ८३ वटा रहेका छन् ।

भुकम्पमा जोगिएका कक्षाकोठा १ हजार ८ सय ५९ वटा रहेका छन् । भाारतिय राजदुताबासको सहयोगमा भगवती मा.वि. खरेलथोक, आजाद मा.वि. बनेपा, आजाद मा.वि. बालुवा, लक्ष्मी नारायण मा.वि. श्यामपाटी, खाँडादेवी मा.वि. नाग्रेगगर्चे, कानपुर मा.वि. कानपुर, शारदा मा.वि. सुन्थान, भैरव मा.वि. गोकुले, जनहित मा.वि. मिल्चे र दुग्धेश्वर मा.वि. पाँचखाल रहेका छन् ।

१० वटा विद्यालय बनाउने सम्झौता गरेर पनि आलटाल गरेको दुतावासले चालु वर्षमा निर्माण कार्य शुरु हुने गरी तयारी गरेको छ । माघ महिनासम्म सम्झौता भई कार्य शुरु हुने गरी कार्य अघि बढिरहेको जिल्ला आयोजना कार्याान्वयन इकाई कार्यालयले जानकारी दिएको छ ।

भारतिय दुतावाससँगै जिल्लामा एशियाली विकास बैंकको ऋण सहयोगमा केहि विद्यालयहरुको निर्माण प्रकिया शुरु भएको छ । अरनिको मावि, चौरीदेउराली गापा., दाप्चा मा वि, नमोबुद्ध न.पा, ग्रामोन्नती मा वि, महाभारत गा.पा., जागृती मा वि, चौरीदेउराली गा. पा., जोगेश्वर मा वि, रोशी गा. पा., जोरपाटी मा वि, पाँचखाल न. पा., कुशेश्वर मा वि, तिमाल गा. पा., महाकाली मा वि, मण्डनदेउपुर न.पा.,सेतीदेवी मा वि, भुम्लु गा.पा., उमासह शिक्षलय मा वि, मण्डनदेउपुर न.पामा निर्माण शुरु भएको छ ।

एशियाली विकास बैंकको ऋण सहयोगमा ठेक्का प्रकिया शुरु भईसकेका नयाँ विद्यालयहरुमा भालेश्वर मा वि पनौति, श्रीखण्डपुर मा वि धुलिखेल, सर्वमंगला मा वि पाँचखाल, ज्ञानेश्वरी मा वि पाँचखाल, सरस्वती मा वि वेथानचोक, लक्ष्मी नारायण मा वि रोशी, हिमालय मा वि सिपाली, सेतीदेवी मा वि धुलिखेल, डेडिथुम्का मा वि मण्डनदेउपुर रहेका छन् । निर्माणका लागि तयारी गरिएको वनदेवी मा वि भुम्लुमा विद्यार्थी कम भएका कारण निर्माण कार्य रोकिएको छ ।

जिल्ला आयोजना कार्याान्वयन इकाई मार्फत जिल्लामा आ.व.२०७३-७४ मा २ सय ५४ वटा कक्षा कोठा निर्माण भएका छन् । जस मध्ये २ कोठे २१ वटा, ३ कोठे २२ वटा, ४ कोठे १७ वटा, ६ कोठे ५ वटा, ८ कोठे ६ वटा, ६८ वटा विद्यालय संँग सम्झौता भइ ८८ प्रतिशत काम सकिएको थियो ।

आ.व.०७४-७५ मा २ सय ५४ वटा कोठा निर्माण गर्ने लक्ष्य लिएकोमा ७४ प्रतिशत काम सम्पन्न भएको थियो । जसमा ७० वटा विद्यालयका २ कोठे २१ वटा, ३ कोठे २२ वटा, ४ कोठे १७ वटा, ६ कोठे ५ वटा र ८ कोठे ६ वटा रहेका थिए ।

आ.व.०७५-७६ मा १ सय ४९ वटा कक्षाकोडा निर्माण गर्ने लक्ष्य अनुसार ६० प्रतिशत कार्य सम्पन्न भउको छ । जसमा ५१ वटा विद्यालयमा २ कोठे २४ वटा, ३ कोठे ७ वटा, ४ कोठे २० वटा रहेका छन् । आ.व.०७५-७६ कै दोस्रो चरणमा १ सय ९ वटा कक्षा कोठा निर्माण शुरु गरिएको थियो । जसमा २ कोठे १० वटा, ३ कोठे ३ वटा र ४ कोठे २० वटा गरी ३३ वटा रहेका छन् । शौचालय ७० वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्